खुकुरी रमको कमाल

आँखा खुल्यो ।
झ्याल बाट बाहिर हेरे – अझै अध्यारै । हैन यो बिहान हुन पनि कति time लाग्दो रहेछ – मनमनै सोचे ।

टाउको दुख्ला जस्तो, कस्तो uneasy feel भएको । डकार मा पनि ग्यास्ट्रिकको स्वाद – नेपालीहरुको common बेथा । म पनि तेस बाट टाडा हुन सकिन । अचानक नमिठो गन्ध नाकैमा आएर ठोक्कियो ।

side मा रमेश दाजु सुति रहनु भएको थियो । कतै दाजु ले पो बिहान बिहानै bomb प्रहार गर्नु भो कि ? संका लाग्यो । बातावरण झन् प्रधुसन हुदै गयो ।

पहिला आफुलाई सुघेर हेरे -ठिकै छ ।
रमेश दाजु लाई पनि सुघने प्रयास गरे – ठिकै छ ।
के हो के हो । थाहा पाउनै सकिन ।

mobile झिक्नलाई सिरानी उठाए ।
बल्ल पो होस् आयो त ……।

(छ घण्टा अगाडी)

बोका होटेलको साउजीसंग खासखुस गर्दै सेटिंग मिलाउदै थियो । नजिकै म थिए । मलाई देखेर मुसुक्क हास्यो अनि मैले पनि थाहै नपाएको जस्तो गरी मुसुक्क हासिदिए।

बोका भन्नाले मैले जनावर को कुरा गरेको हैन ni ।
मेरो class मा आउनु भयो भने बोका, गाई, गोरु, डन, पार्टी, chopstick, गॊले, मंगोल, हाकु, कामरेड सबै पाउनु हुन्छ । कसैको न्वारन गर्नलाई ज्योतिस बा को कमी छैन ।

राति झमक्कै भइसकेको थियो । खाना खाएर केटी साथीहरु एउटा अलग्गै रूम गए । केहि केटा साथीहरु पनि लामो यात्राको थकानले गर्दा चाडै सुत्न गए । बचेका हामीहरु भने रमाइलो गर्न तिर लागियो ।

कलेजबाट educational tourका लागि   – kaligandaki hydropower स्यांन्जा पुगेका थियौ । साथमा दुई जना सर हुनुहुन्थ्यो ।

अर्को group भने madhya marshyandi गएका थिए । बोका को मिल्ने साथी सबै तेतै ।
कसरी यो group आयो, अलि अचम्ममा परे।

बच्चामा गोलो आकारमा रुमाल लुकाई खेलेको जस्तै गरी सबै केटाहरु बसे ।

गीतार कसको, थाहा भएन – साएद प्रज्वोलको ।
तेइ भएर होला next नेपाली ताराको छनक देखाएको ।

एउटा दामी गीत जाऒस प्रज्वोल – chopstickले भनि हाल्यो ।
तेस पछी के नै चाहिँ यो र …. दरो रयाप version सुरु भो।
गीत त दामी थियो तर कुन चाहिँ थियो थाहै भएन – पहिलोपल्ट सुनेको ।

दालमोठ चिउरा संगै गीतको तालमा ताल मिलाएर सबै जना गाउनको धुनमा ।
बोका भने ढोकाको चुकुल लगाउन गयो ।
हात खाटमुनी लग्यो अनि भटाभट निकाल्न थाल्यो – खुकुरी रम ।

यो हो नी पारा – उज्ज्वोल खुसि ले करायो ।
बोका लास्ट बाठो । अझ गिलास पनि कति खेर manage गरेछ ।

सबै को अगाडी गिलास अनि खुकुरी रम ।

खुकुरी रम पहिलो पल्ट पिउदै थिए ।
बियर सम्म त सकिन्थ्यो तर हार्ड ड्रिंक्स अलि गारो । जाडोमा तातो भन्दै बोका प्याक तयार गर्न थाल्यो ।
रमाइलो गर्न आएका हौ नि भन्दै सबैलाई मक्ख पार्यो । म पनि हो मा हो भन्दै प्याक तान्नतिर लागे ।

सबैको प्याक तयार भयो …..

चेसssssss……..

मनोज height मा सब भन्दा सानो तर बोली मा फास्ट । एक प्याक लगाए पछि त , गीतार समात्त्यो अनि सुरु …….. गोर्खाली को छोरो म गोर्खे मेरो नाम…..
school का रमाइला रमाइला घटना सुनाउन थाल्यो ।

केटाहरुले गीतार बजाएको देख्दा मलाई पनि मनै देखि गीतार बजाउन रहर लाग्थ्यो । गीतार सिकेर live concert दिने ठुलो धोको छ । खै यो पारा ले त पुरा नहोला जस्तो छ।

माहोल बिस्तारै तातिदै थियो । गिलास रित्तिदै गयो । बोतल सुरु मा त दूई तीन ओटा मात्र लाग्थ्यो कति खेर दर्जन पुगेछ थाहै भएन ।

मेरो पीउने बानि त थिएन तर रमाइलो भन्दै कति प्याक हाने हिसाब नै भएन । हिसाब थाहा नभए पनि पिसाब आएको चाही थाहा हुदो रहेछ । सुरु को प्याक जति निल्न गारो भो पछि पछि त झन प्यारो भो ।
यो सम्झिदा अहिलेको गीत पो याद आयो –
”पिउदिन भन्दा भन्दै पिलायो बोकाले, म छु भनि भरोसा दिलायो बोकाले ….. ”

होटेलको साउजी छिमेकिहरुलाइ डिस्टर्ब भो भनेर अली सानो सोरमा गाउन अनुरोध गर्दै थिए । बोका भने अझै बोत्तलको dealing गर्दै साउजिलाई फ़काउदै थियो । कला चाही मान्नै पर्छ बोकाको । तर रमको सुरमा भएका केटाहरु भनेको के सुन्थे । पछि हामीसँगै जानु भएका सर आउनु भएपछि केटाहरुको सातो उड़यो ।

कति खेर आ आफ्नो गिलास र बोतल लुकाउन भ्याइहाले । केटाहरुलाई मान्नै पर्छ । बिचरा प्रज्वल पो फसाद मा । उसको अगाडि मात्र गिलास अनि तेस्मा रम । एक चोटी सवैलाइ हेर्नु भो अनि जानु भो । आगडि गिलास भटाभट निक्लिन सुरु भो ।

माते पछि होस् हुदैन भन्थे । आफुलाई रमले छोएको थाहा भो । तेसैले बाथरूम गए – फ्रेश हुन ।
हल्का खुट्टा दाया बाया भएको महसुस भयो । मनमनै हासे – मलाई लागेछ,अब भयो ।

एकछिन पछि केटाहरु आ आफ्नो तालमा । लास्टको एक प्याक घ्याम्पे हाने पछि बल्ल सुत्ने तयारी भयो ।

(एक घण्टा पछि)

अचानक टाउको घुमाउन थाल्यो । रिगटा लाग्ला जस्तो । दुई ओटा हातले टाउको समाए , भएन । एकछिन उभेर बसे भएन । पानी पीए , भएन ।

सबै जना मस्त निंद्रामा । म मात्र के गरु के गरु । रमले नमज्जाले 360 डिग्री कोण नै देखाई दियो ।
एकछिन पछि त vomit आउला जस्तो भो । बाथरूम गए र vomit गरे । अलि सान्त होला जस्तो भो । केहि हल्का महसूस भयो । तेस्पछि सुते ।

(आधा घण्टा पछि)

फेरी 360 डिग्री सुरु । यो पाली त बाथरूम जान सकिन । बराण्डा बाटै दिए । आन्ध्रा भुडि बाहिर आउला जस्तो । लास्ट गारो भो । side मा मेरो अर्को मित्र लाइ कति खेर मेरै बेथा लागेको रहेछ, म भन्दा अगाडि नै । येस्तै हो यार,सालालाई cocktail नगर भनेको मान्दै मानेन – साथी भन्दै थियो ।

कमसे कम पार्टनर त भेटे । मलाई मात्र त भएको रहेन छ, अलि खुसि लाग्यो ।

मन मनै सोचे अब देखि यो रम कहिले पिउदिन । sorry मम् – मनै बाट भने । केहि हल्का भो । चिसो हावाले केहि फ्रेश महसूस गरायो । अनि फेरी सुत्न गए ।

निंद्रा झप्पकै लाग्ला जस्तो के भएको थियो vomit आई त हाल्यो । सिरानी उठाए अनि तेहि दिए अनि सिरानिले छोपे । जुरुक्क उठे, बाथरूम गए, मुख सफा गरे अनि आएर अर्को साथीको नजिक गएर सुते।

यसपाली मिठो निंद्रा लाग्यो ।

(बिहान)

आँखा खुल्यो ।
झ्याल बाट बाहिर हेरे – अझै अध्यारै । हैन यो बिहान हुन पनि कति time लाग्दो रहेछ – मनमनै सोचे ।

टाउको दुख्ला जस्तो, कस्तो uneasy feel भएको । डकार मा पनि ग्यास्ट्रिकको स्वाद – नेपालीहरुको common बेथा । म पनि तेस बाट टाडा हुन सकिन । अचानक नमिठो गन्ध नाकै मा आएर ठोक्कियो ।

side मा रमेश दाजु सुति रहनु भएको थियो । कतै दाजु ले पो बिहान बिहानै bomb प्रहार गर्नु भो कि ? संका लाग्यो । बातावरण झन् प्रधुसन हुदै गयो । तर तेसको असर यति बेला सम्म त जानु पर्ने हो ।
पहिला आफुलाई सुघेर हेरे -ठिकै छ ।
रमेश दाजु लाई पनि सुघने प्रयास गरे – ठिकै छ ।
के हो के हो । थाहा पाउनै सकिन ।

mobile झिक्नलाई सिरानी उठाए ।
बल्ल पो होस् आयो त ……।

यो त हिजो राती सिरानी मुनि भएको undigested फूड बाट पो आएको रहेछ ।
कसैले थाहा नपाउने तरिकाले फटाफट उठे , फ्रेश भए अनि तल गए ।

होटल गएर lemon चिया पीए। हिजोको hang धेरै कम गरायो । होटलको अगाडि त भातैभात छरेको रहेछ । साउजी काम गर्ने केटाहरुलाइ कराउदै थीए । पछि पो थाहा भो त्यो त हिजो राति म र साथी को काम पो रहेछ । दरो काम पो गरीए छ । बिहान पो थाहा भो । केहि नभनि सुरुसुरु बसमा गएर बसे ।

केटाहरु कुरा गर्दै थीए । होटल साहुले extra चार्ज लिएको । रूममा सिरानी, तन्ना, ड़स्ना सब फोहोर गरेको हुनाले ।

मन मनै मुसु मुसु हॉसे अनि सोचे मैले तेस्तो पो गरेछु ?????

एउटा पाठ सिके ।

”घाटी हेरेर हाड निल्नु ।आफुले जति पचाउन सकिन्छ त्यति नै लिनु ।”

 

केहि झलक

2 thoughts on “खुकुरी रमको कमाल

Leave a reply to tratamento para cabelos cacheados Cancel reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.