PERFUME वालीले अंकल भने पछि

आकाशे धारा ।

लगबग दिउसोको १ बजे । संयुक्त यातायातको बस कुर्दै थिए । चाबहिल जानु थियो । बिजुली बत्तिको पैसा तिर्न ।

बत्तिको बिल आउनु हुन्न, भोलिपल्ट नै बिल तिर्न पठाई हाल्नु हुन्छ – मेरी मम्मी ।
केहि percent छुट हुन्छ भनेर …….
हुन पनि हो । दिन दिनै महंगी बढ्दै छ । खर्चलाई जति सक्दो कन्ट्रोल त गर्नै पर्यो ।
नत्र काठमाडौँमा टिक्नै गारो ।

म जस्तो आजकलका युवाहरु भने १०/२० रुपैयाको मतलब नै गर्दैनन् ।
त्यहि भएर होला कहिले त गोजीमा सुको पैसा पनि हुदैन ।

बस आयो ।
भित्र पसे ।
सिट फुल ।
म मात्र ठीन्ग्रिंग एक्लै ।

एकछिन रोक्यो ।
सायद प्यासेन्जर कम भयो ।
यो बसको सह-चालकलाई कहिले पो बस फुल लाग्छ र ?????

एकछिन पछि त भटाभट…… हेर्दा हेर्दै मसंग उभेर बस्नेको लाईन ।

अगाडी हेरेको महिला सिट । यसो सोचे ।
यो सिट खाली भए पनि बस्न मिल्ने हैन ।
तेइ भएर पछाडी लास्ट सिट तिर लागे ।
मनमनै सोचे – मान्छे त म बाठै छु नि !!!!!!!

आफ्नै धुनमा थिए । दिमागमा के के कुरा खेल्दै थियो ।
जागिर छोडेको नि ५ महिना जति भयो ।
अब के गर्ने भनेर दिमाग चलाउदै थिए ।
मिठो perfume को बास्ना नाकैमा आएर गयो ।
यसो side मा हेरेको…….
कति खेर सुन्दर युवती side मा आइछिन , चालै पाईनछु ।

सह-चालक भने अझै मान्छे मिलाउदै थियो ।
उसलाई त जति मान्छे हाल्न सक्यो त्यति नै कमाई ।

गाडी अगाडी बढ्यो ……..

पर्फुम वाली मसंग ठोक्किन पुगिन ।

According to Newton’s first law of motion, A body at rest stays at rest and a body in motion stays in motion with the same speed and direction unless acted upon by an unbalanced force.

थाहा पाईहाले- मनमनै सोचे र खासै मक्ख परिन ।

साचिकै ठोक्किन आएकी भए पो …..!!!!!!!!

गोपीकृष्ण हल नजिकै आइपुग्दा म अगाडीको सिट खाली भयो ।
यहि हो चान्स गुड boy हुनलाई – मनमनै सोचे र त्यो सिट पर्फुम वालीलाई छोडी दिए ।

thank you uncle – उता बाट गुड ब्योइ भएको उपहार आयो ।
एकछिन त अक्क न बक्क ।

uncle !!!!!!!!!!
म uncle जस्तो देखिन्छु ????? मनमनै सोचे ।
expression त खुशी भएको दिए तर भित्र मनमा भने आगो बल्दै थियो ।
झन् राम्रो क्रेडिट लिनलाई सिट छोडेको त अझ uncle…….!!!!!!!

thank you मात्र भनेको भए भइहाल्यो नि । किन यो अंकल को ट्याग लगाउनु पर्ने ।
कतै नभएको साइनो जोड्नु पर्ने – मनमनै सोच्दै थिए ।

दाई सम्म त ठिकै थियो । यो अंकल पचेन ।

सलमान , शाहरुख  , आमिर जो ५०+ छन् , तिनीहरुलाई चाही young hero भन्ने, म जो भर्खर २५+ मात्र के भएको थिए – uncle ……..!!!!!!!

हेर, हेर, अहिलेका तरुनीहरुको आँखा ।
सब फेसबुक चलाएर बिगारी सकेछन ।

म जस्तो  युवालाई अंकल ….!!!!!!

म uncle जस्तो देखिन्छु ????? मनमनै अझै सोच्दै थिए ।
झन् आज अलि बडी समय लगाएर चिटिक्क परेर हिडेको ।
कसैले अंकल भन्दा के होला हालत …..??????

यसो कपाल मिलाएको जस्तो गरे ।
गालामा हात गयो – कटटू……!!!!!
मेरो मतलब मास्क ।

यो कटटू भन्ने शब्द कलेजको साथी गोरुले सिकाएको ।
अब यो गोरु भनेको को हो भनेर नसोध्नु होला ।
पायो भन्दैमा जे पनि लेखियो भने त ……. मलाई भोली साथी चाहिदै न र ?????

सायद यो मास्कले गर्दा मलाई अंकल भनेको होला  – एउटा निस्कर्षमा पुगे ।
अनि गर्मी भएको जस्तो गरेर मास्क निकाले ।
एक नजर त दिइहाली पर्फुम वालीले अनि तेस्मा पनि मुस्कान ।

चाबहिल झर्ने ल छिटो झरुम …… पछाडी बाट आवाज आयो ।

चाबहिल झरे अनि गनेस्थान तिर लागे ।

घर पुगेर पहिला ऐना हेरे ।
गोरो अनुहार , झुस्स परेको दारी अनि count गर्न सकिने जुंगा………
चीनबाट आएको जस्तो ।
सायद यो दारी र जुंगाले हुनुपर्छ – अर्को निस्कर्ष निकाले अनि जिलेट ठिक पारे ।

तेसपछी त छोरो – हिरो ।
एक सेल्फी लिए अनि फेसबुकमा upload गरे ……..
तेसपछी त भटाभट likes र comment

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s